Learn Nepali FREE for One Full Month!

Pay $0 now and start learning today

Claim Your Free Classes

NepalKhabar – अमेरिकामा नेपाली भाषा पढाउने प्रदीपको ‘ककाकि’

काठमाडौँको सीतापाइलाका प्रदीप खनाल अमेरिका बस्न थालेको २५ वर्ष भयो।
त्यसको १४ वर्ष लामो समय उनको इन्टेल, एएमडी, सिमाटेक र सीएएमडीजस्ता हाइटेक कम्पनीहरुमा प्रडक्ट अनुसन्धान, डिजाइन र विकासमा बित्यो।

उत्तरी क्यालिफोर्नियाको सिलिकन भ्यालीमा बस्ने उनी हाल प्रतिष्ठित प्रविधि कम्पनी इन्टेलमा काम गर्छन्।
तर पछिल्लो समय उनलाई एउटा चिन्ताले सताइरहेको थियो। जुन उनको व्यक्तिगत जीवन र भविष्यभन्दा परको थियो।

‘सपनाको देश’ अमेरिकामा नेपाली समुदायको उपस्थिति बाक्लिँदा खुसी मानेका उनलाई नयाँ पुस्तामा नेपाली भाषाको बोलीचाली पातलिँदै गएको चित्त बुझेको थिएन।

Share this

Thank you!

We’ve received your request to join our free Nepali classes.

A member of our team will personally reach out within 1–2 business days.

Try Nepali Classes for Free